Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

संसद्को विशेष अधिवेशन माग गर्दै रास्वपाले भन्यो - संवादहीनतामा लोकतन्त्र फस्टाउन सक्दैन

संसद्को विशेष अधिवेशन माग गर्दै रास्वपाले भन्यो - संवादहीनतामा लोकतन्त्र फस्टाउन सक्दैन

बुधवार , आश्विन ३०, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको विशेष अधिवेशनको माग गरेको छ ।

रास्वपाले आज एक विज्ञप्तिमार्फत समसामयिक समस्याबारे तत्काल छलफल गर्न विशेष अधिवेशन आवश्यक रहेको बताएको हो । विशेष अधिवेशनका लागि रास्वपाले सबै राजनीतिक दलहरूको ध्यानाकर्षणसमेत गराएको छ ।

विपद्पछिको पुनःस्थापनामा सहयोग गर्न संसद्को विशेष अधिवेशन आवश्यक पर्ने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

'आज आम नागरिकमा चरम असन्तुष्टि र उद्यमी-व्यवसायीमा निराशा बढेको छ । सरकारको अन्तर्राष्ट्रिय विश्वसनीयता फितलो हुँदा द्विपक्षीय आर्थिक सम्बन्धमा गत्यावरोध हुन थालेका छन् । आत्मविश्वास र दक्षता स्खलित हुँदा दुई तिहाईको सरकार ‘कामचलाउ’ जस्तो देखिन्छ । सरकारलाई निगरानी गर्नुपर्ने संसदीय समितिहरु समेत सत्ता पक्षीय बहुमतको बन्धक भएका छन्,' विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077