Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

गौशाला धर्मशालाको काम रोक्न पशुपति क्षेत्र विकास कोषलाई पर्यटनमन्त्री पाण्डेको निर्देशन

गौशाला धर्मशालाको काम रोक्न पशुपति क्षेत्र विकास कोषलाई पर्यटनमन्त्री पाण्डेको निर्देशन

बिहिवार , कार्तिक १, २०८१

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला धर्मशालाको काम रोक्न निर्देशन दिएका छन् ।

पशुपति क्षेत्र विकास कोषलाई पर्यटनमन्त्री पाण्डेले तत्काल गौशाला धर्मशालाको काम रोक्न निर्देशन दिएका हुन् ।

पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका पर्यटनमन्त्री पाण्डेले असोज ३० गते ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई पत्राचार गर्दै पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिएका छन् ।

कोषको निर्णयअनुसार धर्मशालाको व्यवस्थापन जिम्मेवारी काठमाडौं महानगरपालिकालाई दिने ७ बुँदे समझदारी भएपनि मारवाडी सेवा समितिले विरोध गर्दै आएको थियो ।

विवाद बढ्दै गएपछि मन्त्रीले हस्तक्षेप गर्दै धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077