Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

एमाले महासचिव पोखरेलको प्रष्टिकरण - कीर्तिपुर जग्गाको साइनो ललिता निवाससँग छैन

एमाले महासचिव पोखरेलको प्रष्टिकरण - कीर्तिपुर जग्गाको साइनो ललिता निवाससँग छैन

बिहिवार , कार्तिक १, २०८१

बाँके । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कीर्तिपुर जग्गाको साइनो ललिता निवाससँग नभएको बताएका छन् ।

कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि बाँके पुगेका महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले मिनबहादुर गुरूङ जोडिएको ललिता निवास प्रकरणसँग कीर्तिपुरको जग्गाको कुनै साइनो नरहेको स्पष्ट पारे ।

महासचिव पोखरेलले एमालेलाई कमजोर बनाउने तत्वले गलत प्रचार गरिरहेको बताए ।

महासचिव पोखरेलले भने, ‘गुरूङले एमालेलाई पार्टी कार्यालय बनाउने जग्गा दिन इच्छा जाहेर गर्नुभयो । हाम्रो सचिवालयको बैठकले जग्गा सहयोग स्वीकार गर्ने निर्णय गरेकाले लिएका हौं ।’

महासचिव पोखरेलले व्यवसायीबाट जग्गा सहयोग लिनु आश्चार्यको विषय नभएको बताए । उनले गुरूङसँग जग्गा सहयोग लिँदा कुनै अदृश्य सम्झौता नगरेको प्रष्ट पारे।

एमालेलेलाई कमजोर बनाउन चाहने तत्वले जग्गा सहयोग लिएको विषयलाई अनावश्यक रूपमा गलत प्रचार गरेको पोखरेलको भनाई छ।

उनले अन्य दलले पनि व्यवसायीसँग जग्गा र रकम सहयोग लिएर नै भवन निर्माण गरेको जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077