Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्वास्थ्यमन्त्री पौडेल र गोविन्द केसीबीच भेट, पौडेलले भने - तपाईंको माग पूरा गर्ने गरी काम अघि बढेको छ

स्वास्थ्यमन्त्री पौडेल र गोविन्द केसीबीच भेट, पौडेलले भने - तपाईंको माग पूरा गर्ने गरी काम अघि बढेको छ

शुक्रवार , कार्तिक २, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र डा.गोविन्द केसीबीच भेटवार्ता भएको छ ।

सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल गर्न मन्त्रालय पुगेका डा केसीसँग मन्त्री पौडेलले भेटवार्ता गरेका हुन् ।

भेटमा डा.केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको उनले बताए।

स्वास्थ्यमन्त्री पौडेलले आफू विगतमा पनि केसीले उठाएका स्वास्थ्य सुधारका पक्षमा रहेको भन्दै यसपालि आफू मन्त्रालयमा आउनासाथ केसीले राखेका मागसँगै थप सुधारका कामहरू अघि बढेको बताए।

स्वास्थ्यमन्त्री पौडेलले भने,‘हामीले सार्वजनिक गरेको १४ बुँदे योजना तथा प्राथमिकतामा स्वास्थ्य क्षेत्र सुधारका धेरै विषय समेटिएका थिए। तीमध्ये केही कार्यान्वयन भैसकेका छन्, बाँकी पनि कार्यान्वयनकै चरणमा छन् । त्यसमा यहाँले उठाएका विषय पनि समेटिएका छन्।’

उनले विशेषज्ञ चिकित्सकको संख्या बढाउन सरकारी मेडिकल कलेजमा संख्या थप गर्ने गरी काम अघि बढेको भन्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट समेत एमबिबिएस चिकित्सक अध्ययन थाल्ने गरी निर्णय कार्यान्वयनमा गएको बताए।

उपत्यकाबाहिर दक्ष चिकित्सा जनशक्ति तथा स्तरीय अस्पतालका विषयमा चिकित्सक केसीले उठाएकै मागसँग मिल्ने गरी हालै आफ्नै अध्यक्षताको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले थप पोस्ट ग्रयाजुएट चिकित्सक उत्पादन गर्न मिल्ने गरी चिकित्सक दरबन्दी स्वीकृत गरेको स्वास्थ्यमन्त्री पौडेलले बताए ।

डा केसीले आफू विगतका प्रतिबद्धता पूरा हुनेमा आशावादी रहेको भन्दै दक्ष चिकित्सक पलायन रोक्नका लागि आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077