Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

प्रतिशोध साधेर कसैलाई पक्राउ गर्न खोजे महँगो पर्ने प्रचण्डको चेतावनी

प्रतिशोध साधेर कसैलाई पक्राउ गर्न खोजे महँगो पर्ने प्रचण्डको चेतावनी

शुक्रवार , कार्तिक २, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिशोध साधेर कसैलाई पक्राउ गर्न खोजे महँगो पर्ने चेतावनी दिएका छन्।

सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न खोजेको ब्रिफिङ गरेका विपक्षी दलहरूको बैठकमा अध्यक्ष प्रचण्डले यस्तो चेतावनी दिएका हुन् ।

बानेश्वरस्थित ल्होत्से हलमा आफूले डाकेको विपक्षी दलहरूको बैठकमा अध्यक्ष प्रचण्डले सहकारी प्रकरणमा सभापति लामिछानेलाई पक्राउ गर्न सक्ने सूचना पाएको बताएका थिए।

सत्तारूढ दलको टीआरसीसम्बन्धी छलफल गर्ने बैठकमा आफूले रवि पक्राउ पर्नसक्ने सूचना पाएको बताएका थिए ।

प्रचण्डले टीआरसीसम्बन्धी बैठकमै व्यक्ति केन्द्रित र राजनीतिक प्रतिशोध साधेर कसैलाई पक्राउ गर्न खोजे महँगो पर्ने बताएका थिए ।

विपक्षी दलहरूको बैठकले व्यक्तिकेन्द्रित प्रतिशोध साध्ने काम गरे एक भएर प्रतिवाद गर्ने निर्णय गरेको छ ।

विपक्षी दलको बैठकले नागरिकका सरोकारका विषयमा सरकारले प्रभावकारी काम नगरेको भन्दै राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई सामूहिक रूपमा भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077