Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

शक्तिको दूरुपयोग गरी रवि लामिछानेलाई पक्राउ गरे प्रतिवाद गर्छौं : विराजभक्त श्रेष्ठ

शक्तिको दूरुपयोग गरी रवि लामिछानेलाई पक्राउ गरे प्रतिवाद गर्छौं : विराजभक्त श्रेष्ठ

शुक्रवार , कार्तिक २, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )का नेता विराजभक्त श्रेष्ठले पार्टी सभापति रवि लामिछानेलाई राज्यको दुरूपयोग गरी पक्राउ गर्न खोजे प्रतिवाद गर्ने बताएका छन्।

नयाँ बानेश्वरमा बसेको प्रमुख प्रतिपक्षी दलहरूको बैठकपछि बोल्दै नेता श्रेष्ठले यस्तो बताएका हुन् ।

रास्वपा संसदीय दलका उपनेता समेत रहेका श्रेष्ठले सभापति लामिछाने सहकारीसम्बन्धी छानबिनलाई सहयोग गर्न तयार नै रहेको बताए ।

नेता श्रेष्ठले भने,‘उहाँले पनि पूर्वाग्रहचाहिँ स्वीकार गर्दिनँ तर विधिवत हिसाबमा सहयोग गर्न तयार छु भनेर अभिव्यक्ति नै दिनुभएको छ। कतिखेर समात्दा ठिक हुन्छ भनेर उहाँहरू बाजे देखाउन गएको जस्तो लाग्छ मलाई। ग्रहदशा हेर्ने पनि उहाँहरूको बानी छ।’

विधिवत हिसाबको छानबिनका लागि पहिले र अहिले पनि आफूहरू तयार रहेको उनले बताए।

नेता श्रेष्ठले विधि र प्रक्रियाअनुसार हुने छानबिनमा सभापति लामिछानेले सहयोग गर्न तयार नै रहेको बताए ।

नेता श्रेष्ठले सभापति लामिछानेलाई शक्तिको दुरुपयोग गरी पक्राउ गरे आफूहरू त्यसको प्रतिवादमा उत्रिने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077