Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

रविविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै सिआइबीको टोली रास्वपा कार्यालयमा

रविविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै सिआइबीको टोली रास्वपा कार्यालयमा

शुक्रवार , कार्तिक २, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी टोली खटिएको छ।

जिल्ला अदालत कास्कीले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै प्रहरी टोली रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा पुगेको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)बाट एसपी होबिन्द्र बोगटीको नेतृत्वमा टोली खटिएको छ।

अहिले रास्वपाको केन्द्रीय कार्यालयमा ठूलो संख्यामा सञ्चारकर्मी र रास्वपाका समर्थकहरूको उपस्थिति छ ।

यसअघि, कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी गरेको थियो ।

पोखराको सूर्यदर्शन सहकारी ठगीमा उनको संलग्नता देखिएको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077