Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

प्रहरीलाई रवि लामिछानेले भने - मलाई गाडीबाटै पोखरा लैजानुस्

प्रहरीलाई रवि लामिछानेले भने - मलाई गाडीबाटै पोखरा लैजानुस्

शुक्रवार , कार्तिक २, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई गाडीबाटै पोखरा पुर्‍याउन प्रहरीसँग अनुरोध गरेका छन् ।

शुक्रबार जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली काठमाडौंको चःमतिस्थित पार्टी कार्यालयमा पुगेको हो ।

उक्त टोलीलाई सभापति लामिछानेले आफूलाई गाडीबाटै पोखरा पुर्‍याउन अनुरोध गरेको बताइएको छ । यति बेला लामिछाने काठमाडौँको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा छन् ।

केही समयपछि उनले सञ्चारमाध्यम समक्ष आफ्नो कुरा राखेर सडक मार्गबाट पोखरा जाने तयारी गरेका छन् । सभापति लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगी कसुरमा अनुसन्धान हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077