Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

१५ औँ महाधिवेशनमा सभापतिमा उठ्छु, ‘कन्फ्युजन’ मा नपर्नु होला : शेखर कोइराला

१५ औँ महाधिवेशनमा सभापतिमा उठ्छु, ‘कन्फ्युजन’ मा नपर्नु होला : शेखर कोइराला

शुक्रवार , कार्तिक २, २०८१

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १५ औँ महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कुनै ‘कन्फ्युजन’ मा नपर्न नेता एवं कार्यकर्तालाई आग्रह गरेका छन् ।

विराटनगरस्थित कोइराला निवासमा शुक्रबार मधेस प्रदेशका नेताहरूसँग भएको भेटघाटमा नेता कोइरालाले यस्तो आग्रह गरेका हुन् ।

“अब जित्नकै लागि सभापतिमा उठ्ने हो र पार्टीमा गुमेको साख फर्काउने हो,' उनले भने, 'त्यसको लागि तपाईंहरू आ–आफ्नो कार्यक्षेत्रमा खटिनुहोस्।”

नेता कोइरालाले जतिसुकै कोशिस गरेपनि पार्टी सङ्गठन सुदृढीकरण र कार्यकर्ताहरूलाई न्याय गर्ने कुरामा आफूले भनेजति काम गर्न नसकेको स्वीकार गरे। उनले नेतृत्वमा नपुगी केही गर्न नसकिने रहेछ भन्ने निष्कर्षमा आफू पुगेको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077