Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

टीआरसी गठनका लागि सर्च कमिटीलाई पूर्णता दिने सरकारको निर्णय

टीआरसी गठनका लागि सर्च कमिटीलाई पूर्णता दिने सरकारको निर्णय

शनिवार , कार्तिक ३, २०८१

काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग (टीआरसी) गठनका लागि सरकारले सर्च कमिटीलाई पूर्णता दिने निर्णय गरेको छ ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा सर्च कमिटी बनाउने निर्णय गरेको हो ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले सर्च कमिटी टुंग्याउने निर्णय गरेका थियो ।

सोही अनुसार मन्त्रिपरिषद्ले त्यसलाई पूर्णता दिँदै टीआरसी गठनको बाटो खुला गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077