Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

रास्वपाका उपसभापति अर्याल भन्छन् - सरकार मरेपनि न्यायलय मरेको छैन

रास्वपाका उपसभापति अर्याल भन्छन् - सरकार मरेपनि न्यायलय मरेको छैन

शनिवार , कार्तिक ३, २०८१

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले सरकार मरेपनि न्यायलय नमरेको बताएका छन् ।

पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि पोखरामा जारी प्रदर्शनको क्रममा बोल्दै उपसभापति अर्यालले यस्तो बताएका हुन् ।

उनले पार्टी सभापति लामिछानेलाई थुन्न पाए रास्वपा सकाइन्थ्यो भन्ने मनसाय कांग्रेस एमालेले राखेको बताए।

उपसभापति अर्यालले भने,‘मैले भखरै पार्टी सभापतिलाई भेटेर आएको छु। उहाँ निर्धक्क हुनुहुन्छ। हामीलाई न्यायलयप्रति विश्वास छ। हामीले सघाउने हो। यो देशमा सरकार मरिसक्यो, न्यायलय मरेको छैन। न्यायलयले रवि लामिछाने होइन एउटा अभियानलाई बचाउनेछ।’

उनले रास्वपा २१ सांसदसहित सदन छिरेपछि रोक्ने षड्यन्त्र गरेकै कारणले चितवनमा दुई पटक चुनाव गर्नुपर्ने अवस्था आएको बताए।

संसदीय छानविन समितिले सहकारीमा कुनै संलग्नता नदेखिएपनि आगामी चुनावमा आफूहरु सकिने डरको कारणले त्रसिएर दुई तिहाइ सरकारको दम्भ देखाएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077