Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

हामीहरू राजनीतिमा आउँदा गगन थापा आँत्तिए : मनिष झा

हामीहरू राजनीतिमा आउँदा गगन थापा आँत्तिए : मनिष झा

शनिवार , कार्तिक ३, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहप्रवक्ता मनिष झाले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्न सफल भएकामा कांग्रेस महामन्त्री गगन थापालाई धन्यवाद दिएका छन्।

शनिबार पोखरामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै सहप्रवक्ता झाले कांग्रेस महामन्त्री थापालाई धन्यवाद भनेका हुन्।

लामिछाने पक्राउको घटनाले गगन थापा पनि नांगिएको उनले बताए। उनले अहिले सरकारमा रहेका दलहरु भ्रष्ट रहेको र उनीहरुलाई ठीक पारेरै छाड्ने बताए ।

सहप्रवक्ता झाले भने,'कांग्रेसका महामन्त्रीलाई पनि धन्यवाद दिन चाहन्छु। गगन थापा तिमी पनि नांगियौ । किनकी यो देशका नयाँ पुस्ताले राजनीति गर्नुपर्छ भनेर २० वर्षदेखि राजनीति गर्दै आएको मान्छे एउटा नयाँ दल, केही पढेलेखेका मान्छे, केही नयाँ राजनीतिक अभ्यास गर्न चाहनेहरू आउँदै गर्दा उ आँत्तियो र ओलीको संगतमा मात्तियो।'

रवि लामिछानेको पक्राउलाई अहिलेको सत्तारुढ दलहरुले अन्तिम हतियारको रुपमा प्रयोग गरेको झाले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी आएपछि पुराना दलहरुमाथि खतरा भएको र त्यही कारण नयाँ दल सिध्याउन खोजेको उनले बताए ।

सहप्रवक्ता झाले रवि लामिछाने पक्राउ राजनीतिक प्रतिसोध र कुण्ठामात्रै रहेको समेत बताए। सरकारको उद्धेश्य सहकारी समस्या समाधान गर्ने पनि नरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077