Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

रवि लामिछाने पक्राउसम्बन्धी सूचना संसद‍मा टाँसियो

रवि लामिछाने पक्राउसम्बन्धी सूचना संसद‍मा टाँसियो

शनिवार , कार्तिक ३, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने पक्राउसम्बन्धी सूचना संसद‍्मा टाँस गरेर जानकारी गराइएको छ ।

सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले शनिबार सो सम्बन्धी सुचना प्रकाशन गरेका हुन् ।

कास्की प्रहरीले रास्वपाका सांसद लामिछाने पक्राउ परेकोबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराएको थियो।

लामिछाने कास्की जिल्ला अदालतको अनुमतिमा शुक्रबार पक्राउ परेका थिए।

संघीय संसद सचिवालयका महासचिव पाण्डेयले जारी गरेको विज्ञप्तिमा लामिछानेलाई फौजदारी कसूरको अनुसन्धानको क्रममा पक्राउ गरिएको जानकारी प्रहरीले शुक्रबार नै सभामुखलाई दिएको उल्लेख छ।

प्रतिनिधिसभा सदस्यलाई पक्राउ गरेपछि सभामुखलाई त्यसबारे जानकारी गराउनुपर्ने प्राबधान छ। शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई शुक्रबार राति नै कास्की लगिएको थियो।

आज शनिबार भएकाले म्याद थपका लागि प्रहरीले आइतबार मात्रै लामिछानेलाई अदालत उपस्थित गराउनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077