Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

वर्षमान पुनको प्रश्न - रवि पक्राउ पर्दा धनराज र ऋषिकेशलाई किन छुट ?

वर्षमान पुनको प्रश्न - रवि पक्राउ पर्दा धनराज र ऋषिकेशलाई किन छुट ?

शनिवार , कार्तिक ३, २०८१

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आरोप लाग्दैमा कोही पनि अपराधी नहुने बताएका छन् ।

प्रेस सेन्टरले शनिबार गृह जिल्ला रोल्पाको लिवाङमा गरेको पत्रकार भेटघाटमा बोल्दै उपमहासचिव पुनले यस्तो बताएका हुन् ।

उनले सहकारी ठगीमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसद ऋषिकेश पोखरेललाई पनि पक्राउ गर्न माग गरे ।

उपमहासचिव पुनले उस्तै आरोप लागेका गुरूङ र पोखरेललाई छुट दिन नमिल्ने बताए।

उपमहासचिव पुनले भने,‘रवि लामिछानेलाई जस्तै आरोप काँग्रेसका उपसभापति धनराज गुरुङजी र प्रधानमन्त्रीको दलका सांसद र लेखा समितिका सभापति ऋषिकेश पोखरेलजीलाई पनि छ । यसमा दोहोरो नहोस्। रवि लामिछानेमाथि जे गरिएको छ , धनराज र ऋषिकेसलाई पनि त्यही होस्।'

पोखरेलमाथि १८ करोड हिनामिनाको आरोप रहेको पनि पुनले बताए।

पुनले धनराज र ऋषिकेश सत्तारुढ दलका नेता भएकै कारण उन्मुक्ति दिन खोजिएको भए जनताले प्रतिवाद गर्ने चेतावनी दिए।

राज्यका नियकाले गर्ने न्याय सम्पादन र अनुसन्धान सत्तापक्ष, प्रतिपक्ष वा पहुँच भएको र नभएको आधारमा नभई निष्पक्ष हुनुपर्ने उनको भनाइ छ ।

पुनले सहकारी ठगीमा मुछिएका अरुलाई पनि पक्राउ गरी अनुसन्धान गर्न माग गरे। उनले रास्वपा सभापति रवि लामिछनेलाई पनि अनुसन्धानमा सहयोग गर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077