Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

रविलाई जेल हालेर रास्वपा सकिन्छ भन्ने भ्रम नपाल्न ओलीलाई तोसिमाको चेतावनी

रविलाई जेल हालेर रास्वपा सकिन्छ भन्ने भ्रम नपाल्न ओलीलाई तोसिमाको चेतावनी

शनिवार , कार्तिक ३, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले पार्टीको सभापतिलाई जेल हालेर रास्वपालाई सिध्याउन नसकिने बताएका छन्।

कास्कीमा आयोजित विरोध कार्यक्रममा बोल्दै सांसद कार्कीले यस्तो बताएकी हुन् ।

उनले सभापतिलाई जेल हालेर रास्वपा सकिन्छ भन्ने भ्रम नपाल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिइन् ।

सांसद कार्कीले लामिछानेलाई जेल हालेर रास्वपा नसकिने बरू अझै बलियो र शक्तिशाली भएर आउने बताइन् ।

सांसद कार्कीले भनिन्,'प्रधानमन्त्री ज्यू! रवि लामिछानेलाई जेल हालेर रास्वपा सकिन्छ भन्ने लाग्यो होला। सकिँदैन ! अझै ठूलो हुन्छ, अझै शक्तिशाली हुन्छ। अझै बलियो हुन्छ। जति हामीलाई जिस्काउनुहुन्छ त्यति नै बलियो भएर आउछौं। जति हामीलाई चिढ्याउनु हुन्छ त्यति अझै शक्तिशाली भएर आउँछौं।'

उनले रवि पक्राउ परेपछि रास्वपाका बाँकी नेता कार्यकर्ता डराउँछन् भन्ने नसोच्न पनि प्रधानमन्त्री ओलीलाई चेतावनी दिएकी छिन्।

कार्कीले रास्वपाका नेता कार्यकर्ताले जस्तै आफ्नो नेतालाई प्रहरीको जिम्मा लगाउने हिम्मत राख्न पनि अन्य दलका नेता कार्यकर्तालाई चुनौती दिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077