Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रहरी अधिकारीहरुलाई आईजीपी कुँवरको निर्देशन - संगठनको छवि उच्च राख्दै नागरिकको सेवामा लाग्नू

प्रहरी अधिकारीहरुलाई आईजीपी कुँवरको निर्देशन - संगठनको छवि उच्च राख्दै नागरिकको सेवामा लाग्नू

बुधवार , कार्तिक ७, २०८१

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले प्रहरी संगठनको छवि उच्च राख्दै नागरिकको सेवामा तल्लीन हुन् निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमबाट प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै आईजीपी कुँवरले यस्तो निर्देशन दिएका हुन् ।

आईजीपी कुँवरले प्रहरी संगठनको छविलाई उच्च राख्दै व्यावसायिक एवं निष्ठावान भई नागरिकको सेवामा तल्लीन हुन सबै प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।

प्रहरी महानिरीक्षक कुँवरले आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन आग्रह गरे ।

आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति एवं प्रभावकारी प्रहरी परिचालनमा कटिबद्ध हुन आईजीपी कुँवरले निर्देशन दिए।

आआफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गर्न उनले आग्रह गरे।

सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण गर्न थप सक्रिय भई काम गर्नुपर्ने बताउँदै विस्फोटक पदार्थ ओसारपसार नियन्त्रण लगायत अन्य आपराधिक क्रियाकलाप न्यूनिकरणमासमेत क्रियाशील हुन आईजीपी कुँवरले निर्देशन दिए।

व्यक्तिगत स्वार्थलाई त्यागेर आफ्नो कर्तव्यमा आधारित भई उत्कृष्ट रूपमा कार्य गर्नुपर्ने उनको भनाई छ । हिरासत व्यवस्थापनमा समेत थप संवेदनशील भई कार्य गर्न आईजीपी कुँवरले निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077