Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

बिपी राजमार्गमा आजदेखि २४ सै घण्टा सवारी साधन चलाउन पाइने

बिपी राजमार्गमा आजदेखि २४ सै घण्टा सवारी साधन चलाउन पाइने

बुधवार , कार्तिक ७, २०८१

काठमाडौं । बिपी राजमार्गको धुलिखेलदेखि भकुन्डेबेसीसम्म आजदेखि चौबिसै घण्टा सवारी साधन चलाउन पाइने भएको छ।

सडक डिभिजन कार्यालय भक्तपुरले बुधबार सूचना जारी गर्दै आजदेखि चौबिसै घण्टा धुलिखेल(भकुण्डेबेसी सडकखण्डमा सवारी साधन चलाउन पाइने बताएको हो।

असोज १० देखि १२ गतेसम्मको बाढीपहिरोका कारण बिपी राजमार्गमा अवरोध आएकाले असोज ३० गतेदेखि बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन चलाउन बन्द गरिएको थियो ।

आजदेखि सोही अवधिमा पनि सवारी साधन चलाउन पाउने सडक डिभिजन भक्तपुरका सूचना अधिकारी इन्जिनियर सुमनराज बस्नेतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077