Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

तिहारमा काठमाडौँमा प्लास्टिकको माला बिक्री वितरण गर्न नपाइने

तिहारमा काठमाडौँमा प्लास्टिकको माला बिक्री वितरण गर्न नपाइने

बिहिवार , कार्तिक ८, २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्लास्टिकका माला बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

महानगरले आज एक सूचना प्रकाशित गर्दै एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण, ओसार–पसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातला झोलाको बिक्री, वितरण, भण्डारण र प्रयोगमा पूर्ण रूपमा निषेध गरिएको जानकारी गराएको हो ।

महानगरले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा नै यो नीति रहेको स्मरण गरायो ।

प्लास्टिकको झोलाको विकल्पमा कागज वा कपडाको झोला प्रयोग गर्नुपर्ने व्यवस्था गर्न सबै प्रकारका उत्पादक, वितरक, बिक्रेता तथा सर्वसाधारणको अनुरोध गरिएको छ ।

महानगरपालिकाको अनुगमन टोलीले निरीक्षणको क्रममा उक्त निषेध गरिएका कार्य भए गरेको पाइएमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077