Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

लुम्बिनीका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

लुम्बिनीका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

बिहिवार , कार्तिक ८, २०८१

दाङ । लुम्बिनी प्रदेश सरकारमा थपिएका तीन मन्त्रीले शपथ ग्रहण गरेका छन् । बिहीबार बिहान तीनजना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ लिएका हुन् ।

बर्दियाका जन्मजय तिमल्सिनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ लिएका छन् ।

शपथ लिएका मध्य तिमल्सिना र कलवार नेपाली कांग्रेस र अग्रवाल जनता समाजवादी पार्टीबाट हुन्।

मुख्यमन्त्री चेतनारायण आचार्यले बुधवार प्रदेश मन्त्रिपरिषद् पुर्नगठनको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077