Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कांग्रेस-एमालेको भर नपर्न सहकारी पीडितलाई मनिष झाको आग्रह

कांग्रेस-एमालेको भर नपर्न सहकारी पीडितलाई मनिष झाको आग्रह

बिहिवार , कार्तिक ८, २०८१

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले सहकारीको मुद्दालाई अब सडक र सदनबाट निरन्तर उठाउने बताएका छन् ।

रास्वपाले बिहीबार कास्कीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता झाले सहकारीको मुद्दा निरन्तर उठाउने बताएका हुन् । प्रवक्ता झाले संयमित भएर रास्वपाले प्रदर्शन गरिरहेको बताए ।

उनले नेकपा एमाले र कांग्रेसका कार्यकर्ताहरू सहकारी पीडितको मुकुट ओढेर सडकमा उभिने गरेको आरोप लगाए।

उनले रास्वपाको प्रदर्शनमा एउटा बिरुवा पनि नकुल्चेर प्रदर्शन भन्दै कोही प्रदर्शनका क्रममा कोही घाइते समेत नभएको भन्दै सहकारी पीडितहरूलाई काँग्रेस एमालेको भर नपर्न आग्रह गरे ।

प्रवक्ता झाले भने,‘नेपाली कांग्रेस र एमाले कुन बेला कतातिर उभिनुहुन्छ थाहा नै हुँदैन । अहिले एमाले–कांग्रेस प्रेमी प्रेमिका जसरी हिँडिराछन् कुन दिन पेटी यता उता हिँड्छन् टुङ्गो छैन उनीहरूको भर छैन । उनीहरूले मुद्दा उठाइदिन्छन् भन्ने लाग्छ भने धोखा पाउनुहुन्छ । उहाँहरू सधैँ सँगै हिँड्नुहुन्छ भन्ने छैन ।’

प्रवक्ता झाले आफूहरू आफ्नो नेता रवि लामिछानेलाई छुटाउन पोखरा नआएको समेत बताए ।

सहकारीको पैसा अरू मिडियामा आउँदा तिनको नाम नआउने तर गोरखा मिडियामा आउँदा रवि लामिछानेलाई मात्र थुन्ने गरेको भन्दै राष्ट्रपतिका सल्लाहकार बाबुराम कुँवर समेत मुछिएको अवस्थामा उनलाई कुनै कारबाही नगरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077