Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

नेपाली सेनाले मनायो संयुक्त राष्ट्रसंघ दिवस

नेपाली सेनाले मनायो संयुक्त राष्ट्रसंघ दिवस

बिहिवार , कार्तिक ८, २०८१

काठमाडौं । नेपाली सेनाले संयुक्त राष्ट्रसंघ दिवस २०२४ मनाएको छ।

बिहीबार काठमाडौंस्थित जंगी अड्डामा विशेष समारोह गरी राष्ट्रसंघ दिवस मनाएको हो।

नेपाली सेनाको आयोजनामा भएको समारोहमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।

उनले विश्वमा शान्ति स्थापना र विपद व्यवस्थापनमा संयुक्त राष्ट्र संघले गरेको पहल र त्यसमा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गरे ।

समारोहमा नेपाली सेनाले मार्चपासका साथै विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरेको थियो । साथै नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गराइएको थियो ।

कार्यक्रममा संयुक्त राष्ट्र संघको नेपाल कार्यालयका प्रतिनिधिहरु, नेपाली सेनाका प्रमुख र जवानहरु लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077