Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

आईजीपी कुँवरले गरे पुलिस स्कुल चितवनको उद्घाटन

आईजीपी कुँवरले गरे पुलिस स्कुल चितवनको उद्घाटन

बिहिवार , कार्तिक ८, २०८१

चितवन । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले नेपाल पुलिस स्कुल शान्तिपुर चितवनको नवनिर्मित छात्रावास भवनको उद्‌घाटन गरेका छन् ।

आईजीपी कुँवरले बिहीबार आयोजित एक कार्यक्रमबीच पुलिस स्कुलको उद्‍घाटन गरेका हुन् । उनले उक्त नवनिर्मित भवनको निरीक्षण समेत गरेका थिए ।

आईजीपी कुँवरले स्कुलले स्थापनाको छोटो समयमा शैक्षिक क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेको बताए । नवनिर्मित भवनले स्कुलको शैक्षिक गतिविधि अझ प्रभावकारी र व्यवस्थित हुने अपेक्षा लिएको बताए ।

आईजीपी कुँवरले प्रहरी स्कुलप्रतिको अभिभावकको विश्वासलाई कायमै राखी आगामी दिनहरूमा संख्यात्मक तथा गुणात्मक आकार वृद्धिमा केन्द्रित रहन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विद्यालय परिवारलाई निर्देशन दिए ।

प्रहरी कर्मचारीहरू र सर्वसाधारणहरूका सन्ततिलाई उत्कृष्ट शिक्षा प्रदान गरी सक्षम नागरिक बनाउने जिम्मेवारीमा खरो रूपमा उत्रन विद्यालय व्यवस्थापन पक्षलाई समेत आईजीपी कुँवरले निर्देशन दिए।

प्रहरी कल्याण कोषको ऋण सहयोगमा विद्यालयको आन्तरिक स्रोतबाट कुल ७ करोड ६५ लाख ८५ हजार ७ सय रूपैयाँ ९५ पैंसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, प्रहरी नायव महानिरीक्षहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, स्थानीय समाजसेवी, भद्रभलादमी, संचारकर्मी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077