Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सरकारविरुद्ध शुक्रबार काठमाडौंमा प्रदर्शन गर्दै रास्वपा, माइतीघरमा भेला हुन आह्वान

सरकारविरुद्ध शुक्रबार काठमाडौंमा प्रदर्शन गर्दै रास्वपा, माइतीघरमा भेला हुन आह्वान

बिहिवार , कार्तिक ८, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्ने भएको छ ।

कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएपछि रास्वपाले सरकारविरुद्ध शुक्रबार दिउँसो १ बजे माइतीघर मण्डलामा आन्दोलन गर्ने भएको हो ।

अदालतको आदेशको केही घण्टापछि नै रास्वपाले केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध शुक्रबार दिउँसो १ बजे माइतीघर मण्डलामा राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गरेको हो। प्रदर्शनमा सहभागी हुन रास्वपाले सबैलाई आह्वान गरेको हो ।

अब अभियानकै रूपमा अगाडि बढिसकेको बताउँदै रास्वपा नेताहरुले ओली सरकारविरुद्ध देशैभर भण्डाफोर अभियान चलाउने बताएका छन् ।

सभापति लामिछाने पक्राउको विरोधमा रास्वपा कार्यकर्ताले गत शनिबारदेखि नै पोखरामा समेत प्रदर्शन गरिरहेको छन् । यसैबीच रास्वपा सभापति लामिछानेलाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले पनि अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077