Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आज देशैभर लामखुट्टेको प्रजनन्स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्दै सरकार

आज देशैभर लामखुट्टेको प्रजनन्स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्दै सरकार

शुक्रवार , कार्तिक ९, २०८१

काठमाडौं । सरकारले आज देशैभर लामखुट्टेको प्रजनन्स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा लामखुट्टेको प्रजनन्स्थल नष्ट गर्ने अभियान आज देशव्यापी रुपमा सञ्चालन हुन लागेको हो।

‘डेङ्गु सार्ने लामखुट्टेको नियन्त्रणका लागि सबैभन्दा बढी प्रभावकारी मानिएको लामखुट्टेको प्रजननस्थल जस्तै पानी जम्ने ठाउँ खोजी लाम्खुट्टेका लार्भा, प्युपा नष्ट गर्ने कार्यलाई कम्तीमा हप्ताको एकपटक शुक्रबार १० बजेर १० मिनेट देशाव्यापी अभियानका रुपमा सञ्चालन गर्न म सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियान्ताहरुका साथै सम्पूर्ण आमनागरिकसमेतको सहभागिताका लागि हार्दिक अपिल गर्दछु’, बिहीवार उनले भने।

नेपालका केही जिल्लामा हालसम्म पनि डेङ्गु रोगको प्रकोप कायमै रहेको र यसले जनस्वास्थ्यका क्षेत्रमा गम्भीर चुनौती सिर्जना गरेको उनको भनाइ छ।

डेंगी नियन्त्रणका लागि देशभरि एकीकृत प्रयास आवश्यक रहेको बताउँदै उनले लामखुट्टेको प्रजनन स्थलहरू जस्तै पानी जम्ने ठाउँहरू हटाएर प्रकोपलाई रोक्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077