Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बालिका बलात्कारको आरोपमा जिप चालक पक्राउ

बालिका बलात्कारको आरोपमा जिप चालक पक्राउ

शुक्रवार , कार्तिक ९, २०८१

स्याङ्जा । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जा प्रहरीले एक जना सवारी चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुनचौपारी गाउँपालिका–२ का २८ वर्षीय सूर्य परियार रहेका छन् ।

उनलाई जिल्ला अदालत कास्कीमा बिहीबार जबरजस्ती करणी मुद्दा दर्ता गरी १० दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

गाउँमै जिप चलाउँदै आएका सूर्यले बालिकालाई डर धम्की देखाएर बलात्कार गरेको भन्दै पीडितको आमाले बुधबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

उजुरीको आधारमा प्रहरीले परियारलाई सोही दिन पक्राउ गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077