Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

डेंगु नियन्त्रणका लागि कर्मचारीहरूले गरे सिंहदरबार सरसफाइ

डेंगु नियन्त्रणका लागि कर्मचारीहरूले गरे सिंहदरबार सरसफाइ

शुक्रवार , कार्तिक ९, २०८१

काठमाडौं । सरकारले डेंगु फैलन नदिन देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गरेको छ।

मन्त्रिपरिषद् बैठकले शुक्रबार बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरेसंगै सरसफाइ अभियान सञ्चालन गरिएको हो ।

डेंगु नियन्त्रण गर्ने उद्देश्यले सिंहदरबारभित्र सरसफाइ गरिएको छ । शुक्रवार सिंहदरबारभित्रका कर्मचारीहरूले सरसफाइ गरे।

कर्मचारीहरुले सिंहदरबारभित्र रहेका रुखका हाँगा काट्ने, फोहोर टिप्ने र लामखुट्टे नष्ट गर्ने ग्यास छरेका थिए।

सरकारले डेङ्गी नियन्त्रणमा सक्रिय सहभागिताका लागि सरोकारवाला निकाय, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आमनागरिक समक्ष आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077