Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

धादिङको थाक्रेका भ्यान दुर्घटना हुँदा ११ जना घाइते

धादिङको थाक्रेका भ्यान दुर्घटना हुँदा ११ जना घाइते

शुक्रवार , कार्तिक ९, २०८१

धादिङ । धादिङको थाक्रे गाउँपालिका-६ मा भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको भ्यान थाक्रेमा दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् ।

घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बागमती प्रदेश ०१–०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान करिब साढे १ बजेतिर अनियन्त्रित भई सडकबाट तल खसेको थियो ।

सो भ्यान मनकामना दर्शनका लागि जाँदै गरेकाहरुले रिजर्भ गरेका थिए । दुर्घटनामा घाइते भएकाहरुलाई महादेवबेसी प्रहरी लगायतले उद्धार गरेका थिए ।

घाइतेहरुको उपचार महादेवबेसीकै टाइम्स केयर अस्पतालमा भइरहेको छ । भ्यान दुर्घटनाको कारण खुलिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077