Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कारागारहरुमा लामखुट्टे भगाउने धूप व्यवस्था गर्न गृहमन्त्रीलाई तोसिमाको आग्रह

कारागारहरुमा लामखुट्टे भगाउने धूप व्यवस्था गर्न गृहमन्त्रीलाई तोसिमाको आग्रह

शुक्रवार , कार्तिक ९, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)की सांसद तोसिमा कार्कीले डेङ्गु नियन्त्रणका लागि देशभरका सम्पूर्ण थुनुवा कक्ष तथा कारागारहरुमा धूप तथा लिक्युड पठाउन आग्रह गरेकी छिन्।

सामाजिक सञ्जालमा लेख्दै सांसद कार्कीले यस्तो बताएकी हुन् । देशैभरी डेङ्गु संक्रमण फैलिएको र कास्कीमा सबैभन्दा बढी डेङ्गु संक्रमित रहेको भन्दै थुनुवा कक्ष तथा कारागारमा धूप तथा लिक्युड पठाउन गृहमन्त्री रमेश लेखकलाई आग्रह गरेकी छिन्।

कार्कीले लेखेकी छिन्, 'माननीय गृहमन्त्रीज्यू, देशैभरी मध्ये कास्कीमा डेङ्गुको सबैभन्दा धेरै सङ्क्रमण छ। कास्कीको ७५०० भन्दा बढी केस भएकोमा ६४०० भन्दा बढी त पोखरा महानगरमै रहेछ। कारागारमा थुनिएकाहरूको चाहिँ स्वास्थ्य सुरक्षा हेर्न नपर्ने हो र ? एउटा लामखुट्टे भगाउने धूप या लामखुट्टे भगाउने लिक्विडसम्म दिइएको रहेनछ। गृहमन्त्रीज्यूलाई अनुरोध गर्छु। यथाशीघ्र देशभरिका सम्पूर्ण थुनुवा कक्ष तथा कारागारहरूमा डेङ्गु नियन्त्रणका उपायहरू अपनाउने, लामखुट्टे भगाउने धूप तथा लिक्युड प्रदान गर्ने व्यवस्था गरियोस्। थुनामा रहेका तथा कारागारमा रहेकाहरू पनि नागरिक हुन्।'

सहकारी ठगीमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछाने अहिले कास्की जिल्ला कारागार कास्कीमा छन्।

बिहीबार सभापति रवि लामिछानेलाई थप सात दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।

गत कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सहकारीको पैसा गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोप छ।

कास्की प्रहरीले उनीमाथि संगठित अपराध समेतको कसुर लगाएर दोस्रो पटक म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077