Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

बोलेर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

बोलेर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

शनिवार , कार्तिक १०, २०८१

बुटवल । दाङमा बोलेर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गाडी चालक दंगीशरण गाउँपालिका–४ निवासी २२ वर्षीय हिरामणि बुढा र सल्यान कपुरकोट गाउँपालिका–६ निवासी १९ वर्षीय सुरेश खड्का रहेका छन् ।

राप्ती लोकमार्गअन्तर्गत आज बिहान तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा रा १ ज ८२२ नम्बरको बोलेरो पिकअफ गाडी दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

त्यसैगरी दुर्घटनामा घाइते सल्यान कपुरकोट गाउँपालिका वडा नं ६ निवासी ३१ वर्षीय देवा वली, उनका छोराहरू १३ वर्षीय महेश वली र १० वर्षीय जीवन वलीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।

प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077