Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रधानमन्त्री ओलीलाई शेखर कोइरालाको प्रश्न - अध्यादेश ल्याएर के गर्न खोज्नुभएको हो ?

प्रधानमन्त्री ओलीलाई शेखर कोइरालाको प्रश्न - अध्यादेश ल्याएर के गर्न खोज्नुभएको हो ?

शनिवार , कार्तिक १०, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार शंकास्पद् बाटोमा हिँड्न खोजेको आरोप लगाएका छन् । शनिवार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै नेता कोइरालाले सो आरोप लगाएका हुन् ।

उनले सरकार शंकास्पद् बाटोमा हिँड्न खोजेको भन्दै सचेत गराइरहनुपर्ने अवस्था रहेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीबाट दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोज्नु चिन्ताजनक विषय भएको बताए ।

‘दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने प्रयास भइरहेको छ र अहिले किन चाहियो ?,’ कोइरालाले भने,‘अहिले राम्ररी काम गरेर अगाडि बढौँन। भर्खर १०० दिन पूरा भएको छ। दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर अहिले के गर्न खोज्नुभएको उहाँले ?’

संसद् नभएको अवस्थामा सरकारले अध्यादेश ल्याउन खोज्नु राम्रो कुरा नभएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077