Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रधानमन्त्री ओलीको चेतावनी - ८४ को निर्वाचनमा देखाउँछौं

प्रधानमन्त्री ओलीको चेतावनी - ८४ को निर्वाचनमा देखाउँछौं

आइतवार , कार्तिक ११, २०८१

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र आफ्नो साख माटोमा मिलेको भन्नेहरुलाई २०८४ सालको निर्वाचनमा देखाइदिने बताएका छन् ।

एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले आइतबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय सुरक्षा तथा विकासमा पूर्वसुरक्षाकर्मीहरुको भुमिका विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो साख गिर्‍यो भन्नेहरु कसैद्वारा परिचालित भएको जिकिर गरे। उनले एमाले र आफ्नो साख माटोमा मिलेको भन्नेहरुलाई २०८४ सालको निर्वाचनमा देखाइदिने उल्लेख गरे।

एमालेको साख नघटेको र आफूहरुले नै राष्ट्रिय राजनीतिकलाई नेतृत्व गरिरहेको प्रधानमन्त्री ओलीको भनाई छ ।

यस्तै उनले झुट र बेइमान कुरा गर्नेहरुलाई उत्तरदायी बनाउने चेतावनी दिए । रवि लामिछानेको पक्षमा सडकमा प्रदर्शन गरिरहेकाहरुप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सरकारले घृणा फैलाउने, राष्ट्रिय एकता बिथोल्ने खालका भाषण र जथाभावी बोल्ने कुराहरुलाई उत्तरदायी बनाउने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077