Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

टीकाको दिन ७ रूटमा १८ बसको निःशुल्क सेवा

टीकाको दिन ७ रूटमा १८ बसको निःशुल्क सेवा

सोमवार , कार्तिक १२, २०८१

कास्की । विजयादशमीका दिन शनिबार पोखराका विभिन्न सातवटा रूटमा निःशुल्क बस सञ्चालन भएका छन् ।

विगत वर्षमा जस्तै टीकाको दिन यातायात साधन अभाव भएर नागरिकले सास्ती पाउने बाध्यता अन्त्य गर्न जिल्ला प्रशासन कार्यालय र पोखरा महानगरपालिकाले यातायात समितिसँगको सहकार्यमा निःशुल्क बस सञ्चालन गरेका हुन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोखराका सातवटा रूटमा चारवटा कम्पनीका १८ बसले निःशुल्क सेवा दिने जानकारी दिए। ती बसहरू शनिबार अपराह्न ४ः०० बजेसम्म सञ्चालन हुनेछन्।

पोखराका कोत्रे–पृथ्वीचोक–चिप्लेढुंगा हुँदै बागलुङ बसपार्कसम्म, फेदी–हेमजा–हरिचोक हुँदै पृथ्वीचोकसम्म, लामाचौर–बगर–महेन्द्रपुल–चिप्लेढुंगा–सृजनाचोक–विरौटा हुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर–महेन्द्रपुल–चिप्लेढुंगा–सृजनाचोक–विरौटा हुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर महेन्द्रपुल–पृथ्वीचोक–विरौटा–सहिदचोक हुँदै लेकसाइडसम्म बस सञ्चालन हुनेछन्।

यसैगरी लेखनाथ जनताको चौतारा–रूपाताल–सातमुहाने–खुदी–तालचोक–पृथ्वीचोक हुँदै बागलुङ बसपार्कसम्म, काहुँखोला–महेन्द्रपुल–पृथ्वीचोक–जिरो किमी हुँदै लेकसाइडको हल्लनचोकसम्म र बेगनासताल–तालचोक–पृथ्वीचोक–चिप्लेढुंगा हुँदै बागलुङ बसपार्कसम्म निःशुल्क बस सेवा सञ्चालन हुने छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077