Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

काठमाडौंमा प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध, स्वदेशी फूल बेच्न ४६ स्थान तोकियो

काठमाडौंमा प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध, स्वदेशी फूल बेच्न ४६ स्थान तोकियो

मंगलवार , कार्तिक १३, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले यो वर्षको तिहारमा पनि प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री–वितरणमा रोक लगाएको छ ।

स्वदेशमा उत्पादित फूलको व्यापारलाई प्रवर्द्धन गरिएको महानगरले जनाएको छ ।

यो वर्षको दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा ४६ स्थानमा स्वदेशमा उत्पादित फूलको बिक्री–वितरणको व्यवस्था गरिएको महानगरका मेयर बालेन शाहले जानकारी गराएका छन् ।

कसैले लुकीछिपी प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री गरेको पाइए कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।

यी स्थानबाट गरिन्छ स्वदेशी फूलको बिक्री–वितरण– १. आरती पार्टी प्यालेस, माछापोखरी २. बुद्धमहल, माछापोखरी ३. बालाजु भाटभटेनी, माछापोखरी ४. भ्याली कोल्ड स्टोर, बालाजु ५. सामुदायिक भवन, बालाजु ६. धर्मचक्र पार्क, स्वयम्भू ७. स्वयम्भू मार्ट ८. भाटभटेनी, कलंकी ९. कलंकी ट्रेड सेन्टर, कलंकी १०. एसएनएस, कलंकी ११. एनबीटीसी, कलंकी १२. नेपा ब्यांक्वेट, खुसिँबु १३. बिग मार्ट, कालधारा, पकनाजोल १४. साल्ट ट्रेडिङ कर्पोरेसन, कालीमाटी १५. काठमाडौं मल, सुन्धारा १६. सिभिल मल, सुन्धारा १७. सीटीसी मल, सुन्धारा १८. रञ्जना मल, नयाँ सडक १९. बिग मार्ट कम्प्लेक्स, अनामनगर २०. एटी कम्प्लेक्स, न्यु प्लाजा २१. भाटभटेनी, अनामनगर २२. आईटी प्लाजा, कमलादी २३. संकटा चोक, टेवहाल २४. केएल टावर, चाबहिल २५. बी एन्ड एसएम, बौद्ध २६. भर्गो जापान, शंखमूल २७. आइप्लेक्स, बानेश्वर २८. एनबी सेन्टर, नयाँ बानेश्वर २९. फोनिक्स टावर, बत्तीसपुतली ३०. चाबहिल फुटबल चौर, चाबहिल गणेशस्थान ३१. बिगमार्ट, शंखमूल ३२. बीबीएसएम, कोटेश्वर ३३. सिफल चौर, सिफल ३४. केटीएम पार्टी प्यालेस ३५. निराकल कम्प्लेक्स, शंखमूल ३६. एसी कम्प्लेक्स, चाबहिल ३७. भाटभटेनी, कोटेश्वर ३८. भाटभटेनी, नक्साल ३९. बिग मार्ग, बालुवाटार ४०. सेल्सबेरी, महाराजगन्ज ४१. भाटभटेनी, महाराजगन्ज ४२. कोइराला मार्ट, सामाखुसी ४३. बिग मार्ट, सामाखुसी ४४. सिटी सेन्टर, कमलपोखरी ४५. ल्होत्से मल, बालाजु ४६. सासा ब्यांक्वेट, सोह्रखुट्टे

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077