Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

एकाबिहानै नारायणहिटी अगाडि काग सम्मेलन, दुलालले भेला गराए सयौँ काग !

एकाबिहानै नारायणहिटी अगाडि काग सम्मेलन, दुलालले भेला गराए सयौँ काग !

बुधवार , कार्तिक १४, २०८१

काठमाडौं । ‘२१औँ काग सम्मेलन’ बुधबार बिहान सकिएको छ ।

काग तिहारको विशेष अवसर पारेर विभिन्न जीवजन्तुको दुरुस्त आवाज निकाल्न सक्ने कलाकार रमेश दुलाल (कागे) ले विगतका वर्षहरुमा झैँ यो वर्ष पनि कागहरुलाई भेला गराएर सम्मेलन सम्पन्न गरेका हुन् ।

राजधानीको नारायणहिटी अगाडि भएको उक्त सम्मेलनमा उनले कागको जस्तै आवाज निकालेर सयौँ कागलाई भेला गराएका थिए । उनले कागको आवाज निकालेर कागलाई बोलाउन थालेपछि नजिक सयौँ काग आएका हुन् ।

आज बिहान पौने ६ बजे आयोजित उक्त सम्मेलनमा एक हजारको हाराहारीमा कागलाई भेला गराइएको दाबी गरिएको छ ।

राष्ट्रिय संगीतकर्मी संघ, केन्द्रीय समिति तथा ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा भएको सम्मेलनमा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष प्रकाश कटवाललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077