Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

कैलालीमा राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने

कैलालीमा राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने

बुधवार , कार्तिक १४, २०८१

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले तिहारमा राति १० बजेसम्‍म मात्रै देउसी भैलो खेल्न समयसीमा तोकेको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै राति १० बजेपछि देउसी, भैलो खेल्न नपाइने जनाएको हो ।

तिहारको समयमा कानून विपरीतका अवाच्छित गतिविधि हुनसक्ने भन्दै देउसी भैलो, नाचगान जस्ता मनोरञ्जनात्मक कार्यहरु राति १० बजेपछि गर्न नपाइने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले जारी गरेको सूचनामा भनिएको छ, 'आधुनिकताको नाममा नेपाली समाजको संस्कृति, परम्परा, मर्यादा, अनुशासन विपरित छरछिमेक र समाजको समग्र शान्ति नै प्रभावित हुनेगरी कानून विपरितका अवाञ्छित गतिविधि हुनसक्ने भएकाले १० बजेपछि मनोरञ्नजनात्मक कार्य गर्न पाइने छैन ।'

प्रशासनले पटका, आतिसवाजी जस्ता प्रज्वलनशील पदार्थ पड्काउन र ओसार पासार नगर्नु नगराउनु पनि आग्रह गरेको छ ।

प्रशासनले तोकेको समय भन्दा बढी देउसी भैलो खेलेको तथा अन्य गतिविधि गरेको पाइएमा कानुन बमोजिम कारवाही गरिने समेत सूचना उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077