Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने

तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने

बुधवार , कार्तिक १४, २०८१

काठमाडौं । तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने भएको छ ।

बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाई गर्न सर्वोच्च अदालत खुला हुने भएको हो।

सर्वोच्च अदालत प्रशासनले सूचना जारी गर्दै भनेको छ,‘दीपावली, २०८१ को उपलक्ष्यमा कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाई गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ।’

तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077