Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

गृहमन्त्रीले लेखकले भने - जीबी राईलाई खोज्दै छौँ

गृहमन्त्रीले लेखकले भने - जीबी राईलाई खोज्दै छौँ

बुधवार , कार्तिक १४, २०८१

कास्की । गृहमन्त्री रमेश लेखकले जीबी राईलाई खोजेर नेपाल ल्याउने प्रक्रिया निकै तीव्रताका साथ अगाडि बढिरहेको बताएका छन् ।

मुस्ताङबाट काठमाडौं जाने क्रममा पोखरा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले खोजीका विषयमा पक्राउ नगरिकन कुनै पनि सूचना सार्वजनिक गर्न तथ्यपरक नहुने बताए । यस्तै उनले प्रतिशोधका आधारमा कसैलाई पक्राउ नगरिएको स्पष्ट पारेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले सभापति रवि लामिछानेलाई प्रतिशोध साँधेर पक्राउ गरिएको बताइरहेको सन्दर्भतर्फ लक्षित गर्दै गृहमन्त्री लेखकले सरकारले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमात्र गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077