Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

जापानले गर्‍यो रक्षा सञ्चार उपग्रहसहितको एच–३ रकेट प्रक्षेपण

जापानले गर्‍यो रक्षा सञ्चार उपग्रहसहितको एच–३ रकेट प्रक्षेपण

सोमवार , कार्तिक १९, २०८१

एजेन्सी । जापानले सोमबार कागोशिमा प्रान्तको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट आफ्नो ध्वजावाहक नयाँ एच–३ रकेट प्रक्षेपण गरेको छ ।

जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) र मित्सुबिशी हेभी इन्डस्ट्रिजद्वारा विकसित एच–३ रकेट सफलतापूर्वक उपग्रहबाट अलग भएको छ ।

यो उपग्रहको उद्देश्य जापानको सेल्फ डिफेन्स फोर्सलाई अन्तरिक्षबाट सूचना आदानप्रदान बढाउने हो ।

जापानको एच–३ ले एच–२ ए रकेटको सञ्चालनलाई पूर्ण रूपमा प्रतिस्थापन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077