Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान, ह्यारिस र ट्रम्पबीच कडा प्रतिस्पर्धा

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान, ह्यारिस र ट्रम्पबीच कडा प्रतिस्पर्धा

मंगलवार , कार्तिक २०, २०८१

एजेन्सी । अमेरिकामा नयाँ राष्ट्रपति चयन गर्न आज मतदान हुँदैछ । डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो ।

ह्यारिस उपराष्ट्रपति हुन् भने ट्रम्प पूर्वराष्ट्रपति हुन् । मतदान पूर्व देशैभरि भएको मतसर्वेक्षणहरूले दुई उम्मेदवारबीच प्रतिस्पर्धा अझ बढेको देखाएका छन् ।

त्यसको आधारमा विभिन्न ठाउँमा थोरै मतान्तरले जितको छिनोफानो हुन सक्ने देखाएको छ । अमेरिकाका ५० राज्यका लागि जनसङ्ख्याका आधारमा कुल ५ सय ३८ इलेक्टोरल तय गरिएको छ ।

राष्ट्रपतिमा निर्वाचित हुन कम्तीमा २ सय ७० मत आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077