Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

चट्याङ लागेर ६ जना किशोरी घाइते, एकको अवस्था गम्भीर

चट्याङ लागेर ६ जना किशोरी घाइते, एकको अवस्था गम्भीर

मंगलवार , कार्तिक २०, २०८१

दैलेख । दैलेखको भगवतीमाई गाउँपालिकाका–५ साँङ्गखोला टोलका ६ जना किशोरीहरु चट्याङ लागेर घाइते भएका छन् ।

हिजो बेलुका बडालेख जङ्गलमा गाईवस्तु चराएर फर्किदै गर्दा हुलाकडाँडा टाकुरामा परेको चट्याङले उनीहरु घाइते भएका हुन् ।

घाइते हुनेहरुमा १६ वर्षीया तारा भन्ने सङ्गीता मगर, १७ वर्षीया बिष्णु, १२ वर्षीया करिष्मा मगर, १४ वर्षीया विपना थापा, १६ वर्षीया सम्झना मगर र १४ वर्षीया चेतना मगर रहेका छन् ।

उनीहरु एकै ठाउँ झुम्मिएर उभिएकै ठाउँमा चट्याङ परेको र एकैसाथ किशोरीहरु ढलेको बताइएको छ । पाँच जनाको उपचार दैलेख अस्पतालमा जारी छ भने गम्भीर घाइते सङ्गीता मगरलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077