Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पोखरीमा खस्यो कार, दुईजना बेपत्ता

पोखरीमा खस्यो कार, दुईजना बेपत्ता

मंगलवार , कार्तिक २०, २०८१

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–२, भक्तिपुर मियाँखोरमा आज बिहान पोखरीमा कार खस्दा दुई जना बेपत्ता भएका छन् ।

मियाँखोरस्थित सडक छेउमा रहेको सरस्वती माध्यमिक विद्यालयको पोखरीमा बयलवासबाट महोत्तरीको गौशालातर्फ गइरहेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भएको हो ।

बेपत्ता हुनेमा कार चालक गौशाला नगरपालिका–२, महोत्तरीका ३७ वर्षीय सुरेश महतो र कारमा सवार सोनमा गाउँपालिका–८, महोत्तरीका ३७ वर्षीय रामाकान्त ठाकुर रहेका छन् ।

कारमा सवार गौशाला नगरपालिका–२, का ३१ वर्षीय जनक यादव भने सकुशल बाहिर निस्कन सफल भएको प्रहरीले जनाएको छ ।

कारसहित पोखरीमा डुबेर बेपत्ता दुई जनाको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077