Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

आईजीपी कुँवर इन्टरपोलको ९२ औं महासभामा सहभागी

आईजीपी कुँवर इन्टरपोलको ९२ औं महासभामा सहभागी

मंगलवार , कार्तिक २०, २०८१

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर इन्टरपोलको ९२ औं महासभामा सहभागी भएका छन् ।

सोमबारदेखि संयुक्त अधिराज्यको स्कटल्याण्डको ग्लासगोमा सञ्चालन भएको इन्टरपोलको ९२ औं महासभामा नेपालबाट आईजीपी कुँवर सहभागी भएका हुन् ।

महासभा २२ गतेसम्म चल्नेछ । यो महासभा विश्वभरका कानून प्रवर्तन एजेन्सीहरूलाई अन्तर्राष्ट्रिय अपराध नियन्त्रण, सहयोग, र सुरक्षा प्रविधिमा आदानप्रदान गर्ने महत्वपूर्ण मञ्च हो ।

आईजीपी कुँवरसँगै सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहसमेत महासभामा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077