Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

नयाँ राष्ट्रपति चयनका लागि अमेरिकामा सुरु भयो मतदान

नयाँ राष्ट्रपति चयनका लागि अमेरिकामा सुरु भयो मतदान

मंगलवार , कार्तिक २०, २०८१

काठमाडौं । राष्ट्रपति चयनका लागि अमेरिकामा मतदान सुरू भएको छ । विहान ७ बजेदेखि अमेरिकाको विभिन्न राज्यमा मतदान सुरू भएको हो ।

अलबामा, लोवा, कन्सास, मिन्नेसोता, मिस्सिस्सिपी, नर्थ डाकोटा, ओक्लाहोमा, साउथ डकोटा, टेक्सास र 'स्वीङ स्टेट' मानिएको विस्कोन्सिनमा पनि मतदान सुरू भएको बताइएको छ ।

अमेरिकी नागरिकहरू मतदान स्थलमा लाइन लागेका छन् । उनीहरू मतदान हुनुअघि देखि नै लाइन लागेका छन्।

अमेरिकाको ४७औं राष्ट्रपति बन्न कमला ह्यारिस र डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077