Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अमेरिकी राष्ट्रपतीय चुनाव : डोनाल्ड ट्रम्प १७ र कमला ह्यारिस ८ ठाउँमा विजयी

अमेरिकी राष्ट्रपतीय चुनाव : डोनाल्ड ट्रम्प १७ र कमला ह्यारिस ८ ठाउँमा विजयी

बुधवार , कार्तिक २१, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजा सार्वजनिक हुन थालेका छन् । हालसम्म २५ राज्यको नतिजा सार्वजनिक भइसकेको छ ।

जसमध्ये १७ मा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र ८ मा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस विजयी भएका छन् । प्रजातन्त्रप्रति वफादार मानिएको राज्यमा कमलाले जित हात पारेकी छन् ।

त्यस्तै रिपब्लिकन पार्टीप्रति वफादार मानिएका राज्यमा डोनाल्ड ट्रम्प विजयी भएका छन्। ७ स्विङ राज्यको नतिजा नआएसम्म कुनै पनि दलले जितको दाबी गर्न सक्दैनन् ।

केही राज्यहरूमा मतदान समाप्त हुन अझै समय लाग्ने बताइएको छ। अमेरिकाका ५० राज्यमा ५३८ इलेक्टोरल भोट अर्थात् सिटका लागि मंगलबार नेपाली समय अनुसार लगभग अपराह्न ४ बजेदेखि मतदान सुरु भएको थियो । सबै राज्यमा भोटिङ आज बिहान करिब १० बजेसम्म समाप्त हुने जनाइएको छ।

यो चुनावमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा छ । अमेरिकी राष्ट्रपतीय चुनावको प्रारम्भिक मत गणनामा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पको अग्रता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077