Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

राष्ट्रपति पौडेलले दिए डोनाल्ड ट्रम्पलाई बधाई

राष्ट्रपति पौडेलले दिए डोनाल्ड ट्रम्पलाई बधाई

बुधवार , कार्तिक २१, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्। राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल एक्समार्फत ट्रम्पलाई बधाई दिएका हुन्। राष्ट्रपति पौडेलले लेखेका छन्,‘राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई ऐतिहासिक जितका लागि बधाई । अमेरिकाको राष्ट्रपतिमा दोस्रो कार्यकालको सफलताको शुभकामना। तपाईंको कार्यकालमा नेपाल-अमेरिकाबीचको सम्बन्ध थप सुदृढ हुनेमा विश्वस्त छु।’ सन् २०२४को अमेरिकी राष्ट्रपतीय निर्वाचन डोनाल्ड ट्रम्पले जितेका छन्। पूर्व राष्ट्रपति समेत रहेका उनले २७० इलेक्ट्रोल कलेज पार गर्दै निर्वाचन जितेका हुन्। अमेरिकामा राष्ट्रपतिको निर्वाचन जित्न २७० इलेक्ट्रोल कलेज चाहिन्छ। रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले २७६ इलेक्ट्रोल कलेज जितिसकेका छन्। यता डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले २१९ इलेक्ट्रोल कलेज जितेकी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077