Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

गोपालमान श्रेष्ठ भन्छन् - आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन गर्दैन

गोपालमान श्रेष्ठ भन्छन् - आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन गर्दैन

बुधवार , कार्तिक २१, २०८१

स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठले आगामी निर्वाचनमा नेपाली कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने बताएका छन् ।

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ ले बुधबार वालिङमा आयोजना गरेको नेता कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले अब हुने सबै निर्वाचनमा नेपाली कांग्रेस गठबन्धन बिना प्रतिस्पर्धामा उत्रने बताए । त्यसका लागि तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए।

पार्टीभित्र देखिएको गुटबन्दीलाई जरैदेखि अन्त्य गर्दै अब नेता कार्यकर्ता एकजुट भई सङ्गठन बलियो बनाउनतर्फ लाग्नुपर्ने बेला आएको पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077