काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह उपनिर्वाचनका लागि सात नेतालाई प्रदेशगत जिम्मेवारी तोकेको छ।
केन्द्रीय निर्वाचन संयोजक समितिको बैठकले सात नेतालाई प्रदेशगत जिम्मेवारी तोकेको हो।
रास्वपाले मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचनमा उम्मेदवारको टुंगो ‘प्राइमरी इलेक्ससन’मार्फत गर्ने छ ।
केन्द्रीय निर्वाचन संयोजन समितिकाका अनुसार प्रदेशगत जिम्मेवारी विभाजन गरिएको हो ।
जसअनुसार कोशी प्रदेशको निर्वाचन परिचालनको जिम्मेवारी प्रतिनिधिसभामा पार्टी सचेतक निशा डाँगीलाई तोकिएको छ ।
मधेस प्रदेशमा सांसद डा. चन्दा कार्की, वाग्मतीमा सांसद शिशिर खनाललाई स्थानीय तह उपनिर्वानको जिम्मेवारी तोकिएको छ ।
त्यस्तै लुम्बिनी प्रदेशमा केन्द्रीय सदस्य कुसुम महर्जन, कर्णालीमा कोषाध्यक्ष लिमा अधिकारी र सुदूरपश्चिममा केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठलाई संयोजकको जिम्मेवारी तोकिएको छ ।