Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

एमाले सचिवालय बैठक शनिबार बस्ने, यस्ता छन् एजेन्डा

एमाले सचिवालय बैठक शनिबार बस्ने, यस्ता छन् एजेन्डा

शुक्रवार , कार्तिक २३, २०८१

काठमाडौं । नेपाल कम्युनिष्ट (एमाले) ले सचिवालय बैठक बोलाएको छ ।

समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न शनिवार बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।

बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने बैठकमा सहभागी हुन सचिवालय सदस्यहरूलाई पत्राचार गरिसकिएको छ ।

एमालेको सचिवालयमा उपाध्यक्ष ईश्वर पोखरेलसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे, गुरुप्रसाद बराल र शङ्कर पोखरेल छन् ।

यसैगरी प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्माकुमारी अर्याल सचिवालय सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077