Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सत्रकिलो दुर्घटना अपडेट : मृतक पाँचै जनाको सनाखत

सत्रकिलो दुर्घटना अपडेट : मृतक पाँचै जनाको सनाखत

शुक्रवार , कार्तिक २३, २०८१

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा शुक्रबार बिहान भएको दुर्घटनामा निधन भएका पाँचैजनाको सनाखत भएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार निधन हुने सबैको सनाखत भएको हो ।

निधन हुनेहरुमा गोरखा आरुघाट गाउँपालिका–१ मान्बुका अन्दाजी ४२ वर्षका राजबहादुर गुरुङ र दुर्घटनाग्रस्त माइक्रोबसका चालक चितवन खैरहनी नगरपालिका–४ का अन्दाजी ४० वर्षका अनोज अधिकारी रहेका छन् ।

त्यसैगरी भारत घर भई कास्की जिल्ला पोखरा महानगरपालिका–९ मा किराना पसल चलाउने ३६ वर्षका राजकुमार साहको पनि निधन भएको चितवन प्रहरीले जनाएको छ ।

मृतक अन्य दुई जनामा नवलपरासी बर्दघाट सुस्ता पूर्व बिनयीत्रिवेणी गाउँपालिका–४ बगैंचाका ३५ वर्षका सन्तोष भुसाल र ३३ वर्षकी सबिना भुसाल रहेको चितवन जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सत्रकिलोमा बिहान ३ बजेतिर मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र ०६–००१ ज ०२९८ नम्बरको इभी गाडी माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ३–००१ ख २८१२ नम्बरको ठूलो बस एक आपसमा ठक्कर खाएका थिए ।

निधन भएका सबैजना माइक्रोबसका चालक र यात्रुहरु हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077