Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

शनिवार , कार्तिक २४, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ।

बैठक शनिबार बिहान साढे ११ बजे पार्टी कार्यालय चःमतिमा बस्न लागेको हो ।

पाँच कार्यसूचीमा छलफल गर्न केन्द्रीय समिति बैठक बस्दैछ।

समसामयिक राजनीतिक गतिविधि, पार्टीको सांगठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षको मोडालिटीबारे बैठकमा छलफल हुनेछ।

त्यस्तै मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा पार्टी परिचालन र विविध प्रस्तावमाथि छलफल हुने बताईएको हो ।

सहकारी ठगी, संगठित अपराधको अभियोगमा पार्टी सभापति लामिछाने गत कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा छन्।

उनीमाथि तेस्रोपटक अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077